डोटी जिल्ला कर्मचारीकाे अभाव झेल्दै स्थानीय सरकार

स्थानीय सरकारकाे रूपमा रहेकाे स्थानीय तहमा कर्मचारीकाे अभाव देखिएकाे छ । डोटीकै पुरानो नगरपालिका दिपायल–सिलगढी नगरपालिका गत भादौदेखि निमित्त कार्यालय प्रमुखकै भरमा सञ्चालन भइरहेको छ । तत्कालीन कार्यकारी अधिकृत तुल्सीप्रशाद आर्चायको गत भादौमा सरुवा भएपछि भोजराज शर्माले निमित्त प्रमुखको जिम्मेवारीमा पाएका थिए ।

डोटीको शिखर नगरपालिकामा पनि कृषि शाखाका कृष्णदत्त पाण्डे निमित्त कार्यकारीको भूमिकामा छन् ।डोटीको सायल गाउँपालिमामा पनि नायब सुब्बा लालबहादुर बोगटी कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् । डोटीको पूर्वीचौकी गाउँपालिको प्रमुख पनि निमित्तकै भरमा सञ्चलिछ छ ।

डोटीका ९ मध्ये ६ वटा स्थनीय तह निमित्तकै भरमा सञ्चालन आफ्नो कामकारबाही सञ्चालन गर्दै आएको छ । स्थानीय सरकारका रुपमा परिचित थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

सरकारले गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी भूमिकामा खटाए पनि उनीहरु तोकिएको कार्यालयमा नबस्दा पनि निमित्तको भरमा स्थानीय सरकार चल्न बाध्य छ ।

जनप्रतिनिधिको काम नितिगत निर्णय गर्ने र कर्मचारीको काम कार्यान्वयन भए पनि योजनाको प्रभाबकारी कार्यान्वय हुन नसकेको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दिर्घ बोगटीले बताए । उनले भने,‘दरबन्दी अनुसारका कर्मचारी छैनन्,त्यसमा पनि कार्यकारी कर्मचारी नहुँदा निमित्त कर्मचारीको भरमा दैनिक कामकारबाही सञ्चालन भइरहेको छ ।’

कार्यकारी र मातहतका कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको सायल गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख लालबहादुर बोगटीले बताए उनले भने,‘म अहिले निमित्त कार्यकारीको भूमिकामा छु, सायल गाउँपालिकाको वडा नं. ४ र ६ को वडा सचिव पनि म नै हुँ, यत्रो जिम्मेवारी कसरी सम्हाल्न सकिन्छ ।’ बोगटीले थपे,‘कार्यालय समयमा हतार त हुने नै भयो । तर, विहान, राति र बिदाको दिनमा पनि काम गर्नु पर्ने अवस्था छ ।’ कार्यालय प्रमुख मात्र होइन अन्य विभिन्न पदका जनशक्ति अभाव रहेको छ।

दोहरो जिम्मेवारीमा कर्मचारी

गाउँपलिकाका कर्मचारीको दोहरो जिम्मेवारी भएका कारण काममा ढिला सुस्ती भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष बोगटीले बताए । उनले भने,‘आफ्नो जिम्मेवारीको कामसँगै निमित्त कार्यकारीको पनि जिम्मेवारी सम्हाल्नु पर्दा काममा केही ढिला सुस्ती आउनु स्वभाविक हो, अन्य कर्मचारीहरु पनि दोहरो जिम्मेवारीमा छन ।’

अनुभवी जनशक्ती नहुँदा योजना कार्यान्वयनमा समस्या आएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने,‘हाम्रा लागि पनि नयाँ अनुभव भइरहेको छ, कर्मचारीका लागि नयाँ काम भएकाले सिक्दै गर्नुपरिरहेको छ । सबै ऐन, कानुन, नियमावली अध्ययन गर्दै जाँदै छौैँ।’

स्थानीय तह नयाँ संरचना भएकाले काम गर्दै/सिक्दै जानु पर्ने सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

चाँडै जनशक्ती पूर्ति हुन्छ

स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा चुनौती देखिएको छ । चाँडै जनशक्ती पूर्ति गर्ने गृह मन्त्रालयका सह–सचिब आनन्दराज ढकालले बताए । उनले भने,‘धेरै ठाउँका कार्यकारी अधिकृत छन्, केही ठाउँमा अहिले निमित्तले सञ्चालन गरिरहेका छन्, अब चाँडै बाँकी ठाउँमा जनशक्तिको व्यवस्थापन हुन्छ ।’ तत्कालका लागि कार्य सम्पादनमा सहजता होस् भनेर मात्र निमित्त कर्मचारी खटाएको ढकालले बताए ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप