प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूची

धनगढी, २० माघ-

प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको तयारीका सम्बन्धमा शुक्रवार धनगढीमा बसेको सर्वदलीय बैठकले अन्तरिम कार्य सञ्चालन कार्यविधि,२०७४ पारित गरेको छ ।

संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले बैठकपछि रासससँग कुरा गर्दै प्रदेशसभा पहिलो बैठकमा प्रमुख दलका एक एक सांसदलाई बोल्न दिने, प्रदेश सभामुखको चयन नभएसम्मका लागि प्रदेशसभाको बैठक सञ्चालन गर्न तीन सांसदको मनोनयन गर्ने र प्रदेश सभामुखको निर्वाचनको मिति तोक्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिनुभयो ।

प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड