प्रदेश ७ को सभामुख बन्न एमालेका चार नेता प्रतिस्पर्धामा

धनगढी, माघ २१ गते ।

वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् ।

निम्न बिधायकहरू प्रदेश नं ७ को सभामुख बन्ने दौडमा छन् ।


  1. डोटीबाट निर्वा्चित पूर्णा जोशी

  2. डडेल्धुराबाट निर्वा्चित पठानसिंह बोहरा

  3. कञ्चनपुरका तारा लामा तामाङ

  4. बझाङबाट निर्वा्चित अर्जुन थापा


यीमध्ये तामाङ र थापाको सम्भावना बलियो रहेको एक एमाले नेताले बताए।

२१ माघमा प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष भीम रावलको उपस्थितिमा संसदीय दलको बैठक बस्ने एमालेको तयारी छ । त्यही बैठकले संसदीय दलको नेता तथा सभामुखको उम्मेदवार चयन गर्नेछ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप