प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव - नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका एकजना नेताले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन्।

एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन्।

अघिल्लो शनिवार चितवनमा 'केही दिनभित्रै एकताबारे निर्णायक कुरा गर्ने' बताएका प्रचण्ड ओलीसँगको वार्तापछि चितवन पुग्दा उनीसँग सुनाउने कुनै निर्णायक सन्देश थिएन।

ओलीसँगको भेटबारे प्रचण्डसित कुराकानी गरेपछि नेता दाहालले बीबीसीसँग भने, "एकताको गति अघि बढेको तर त्यसले समात्नु पर्ने गति नपकडिएको उहाँले बताउनुभयो।"

'एमालेलाई गाह्रो'


प्रचण्डले 'पार्टी एकता रोक्ने र वाम गठबन्धन तोड्ने ठूलै षड्यन्त्र भइरहेको' विगतको धारणा पुन: दोहर्‍याएका छन्।

कतिपयले त्यसलाई एमालेले प्रधानमन्त्री वा अध्यक्ष कुनै छाड्न नमानेपछिको प्रचण्डको असन्तुष्टिको संकेत ठानेका छन्।

त्यसबारे सचिवालय सदस्य दाहालको भनाइ थियो, "करिब-करिब त्यस्तो देखिन्छ। एमाले नेतृत्वले गाह्रो मानेको देखिन्छ। तर त्यो असम्भव हो।"

ओली र प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी नेतृत्व गर्ने भद्र सहमति भएको उनको दाबी छ।

प्रचण्ड स्वयम्‌ले त्यो कुरा सार्वजनिक गरेका छैनन्।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप