प्रजातन्त्र दिवश को उपलक्ष्यमा नेपाल तरुण दल र नेवि संघ भारत द्वारा निशुल्क स्वास्थ जाच शिविर

नागेन्द्र जोशी, नयाँ दिल्ली, ४ फाल्गुण




नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाल तरुण दल भारत र सि ए ने वि संघ भारत को संयुक्त आयोजना मा ६७ औं प्रजातन्त्र दिवसको अवसर पारेर निशुल्क स्वास्थ जाच शिविर आयोजना गर्दैछ ।

आगामी १८ फरवरी, आईतवारका दिन दिल्ली को लक्ष्मिनगर मा बिहान १० बजे देखी दिउसो २ बजे सम्म निशुल्क स्वास्थ्य शिविरको आयोजन गर्ने बताएका छ्न । शिविर मा हृदय रोग बिशेषज्ञ, फिजिसियन संग परामर्श, आँखा जाच, सन्तुलित भोजन परामर्श, रक्तचाप, मधुमेहको परिक्षण, ईसिजी लगायतको सेवा लिन सक्ने कार्यक्रम संयोजक नेपाल तरुण दल उत्तर भारत क्षेत्रका अध्यक्ष एल पि पाण्डे ले बताए ।



राजधानी दिल्ली को लक्ष्मिनगर मा बिद्यार्थी हरुलाई सजिलो र निशुल्क रुपमा स्वास्थ परिक्षण को उदेश्यका लागि यस शिविर को आयोजन गरिएको हो ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

कैलालीको गोदावरीमा बस दुर्घटना, २४ घाइते, तीन जनाको अवस्था गम्भीर