एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, ४ बजे सपथ

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाए पछि आज एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण बिहीबार दिउँसो ४ बजे हुने भएको छ।

उनले ४१‌औं प्रधानमन्त्रीका रुपमा सपथ लिने छन् । यसअघि उनले ३८‍औं प्रधानमन्त्रीका रुपमा ९ महिना काम गरेका थिए ।

Comments

Popular posts from this blog

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग