प्रदेश ७ बाट राष्ट्रिय सभामा वाम गठबन्धन बिजयी

डोटी — प्रदेश ७ राष्ट्रिय सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलिततर्फ एमालेका चक्र स्नेही र अपाङ्गतर्फ महेश कुमार महरा बिजयी भएका छन् ।
स्नेहीले ३ हजार ७ सय ८ मतभार ल्याएका छन् भने स्नेहीसंग लडेका कांग्रेसका शेरेराम पार्कीले एक हजार ८ सय ९० मतभार ल्याएर पराजित भए ।

अल्पसंख्यक अपाङ्गतर्फ माओवादी केन्द्रका महेश कुमार महराले ३ हजार ७ सय ८ मतभार पाएर बिजयी भएभने उनका प्रतिस्पर्धी कांग्रेसका छत्रराज जोशीले एक हजार ९ सय ८ मतभार ल्याएका थिए ।

अरु सदस्यहरु यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

मुख्य निर्वाधन अधिकृत जयानन्द पनेरुले केहीबेरमा बिजयी उम्मेदवारको नाम घोषणा गर्दैछन् । डोटी २ सय २९ मतदाता रहेका थिए । जस मध्ये दुई जना मतदान गर्न अनुपस्थित रहे ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप