रुकुम - आगलागीबाट घरगोठसगै धनमाल जलेर नष्ट

पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा आगलागी भएको छ ।


स्थानीय प्रकाश बुढाथोकीको घरमा आगलागी हुँदा घरगोठ र धनमाल जलेर नष्ट भएको हो । वडा अध्यक्ष टंक ओलीका अनुसार आगलागिबाट एउटा घर पुर्ण रुपमा क्षति हुनुका साथै घरभित्रका अन्न , कपडा लगायत बिदेशबाट पठाएका २ लाख ८० हजार नगद समेत नष्ट भएको परिवारले बताएको छ ।


परालको टौवाबाट शुरु भएको आगो घरमा सल्कीएको हो । आगो लाग्दा घरमा कोही नहुँदा भने मानविय क्षति नभएपनि गोठ सँगै बाँधिएका ३ बाख्रा पनि आगलागि परेर मरेका छन । आगलागीका कारण सबै गरी १३ लाख बराबरको क्षति भएको र आगलागि पीडित परिवार अहिले छिमेकी घरमा बसेको छ ।





Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप