होलीमा जबर्जस्ती रङ दल्न खोज्ने १६० पक्राउ
काठमाडौँ, फागुन १७ गते । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

साथै ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
श्रोत - रासस

साथै ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
श्रोत - रासस
Comments
Post a Comment