हिस्टानको ७ नं प्रदेशको अध्यक्षमा जोशी सर्वसम्मत

बैतडी,२७ फागुन-
माध्यामिक शिक्षक एसोसिएसन नेपाल( हिस्टान) प्रदेश नम्बर ७ को प्रथम ऐतिहासिक तथा बैतडी जिल्लाको तेस्रो सयुक्त अधिवेशन बैतडीमा सम्पन्न भएको छ । शनिवार राती सम्पन्न अधिवेशनले प्रदेश नम्बर ७ को तथा बैतडीको नयाँ नेतृत्व चयन गरेको छ ।

त्रिलोकप्रसाद जोशीको अध्यक्षतामा हिस्टान प्रदेशनम्बर ७ को नयाँ कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्ष बिक्रम बहादुर शाह, महिला उपाध्यक्षमा रामेश्वरी ठगुन्ना, सचिव ऐन बहादुर थापा,सहसचिव लक्ष्मणप्रसाद रेग्मी, कोषाअध्यक्षमा बिजयराज अवस्थी लगायत १५ सदस्यीय नयाँ प्रदेश कमिटि सर्बसम्मत चयन गरेको नवनर्विाचित हिस्टान जिल्ला अध्यक्ष प्रेमराज भट्टले बताउनुभयो । यस्तै प्रेमराज भट्टको अध्यक्षतामा हिस्टान बैतडीको नयाँ कार्यसमिति पनि सर्बसम्मत चयन गरिएको छ । जसमा उपाध्यक्ष अर्जुन रावल, सचिव राजेन्द्र जोशी, सहसचिव धन बहादुर बोहरा,कोषाध्यक्ष खेमराज जोशी लगायत ९ सदस्य सर्बसम्मत चयन गरीएको हो ।

शिक्षा क्षेत्रमा अन्योलता बढ्योःहिस्टानका केन्द्रिय अध्यक्ष सुवेदी
अधिवेशनलाई सम्वोधन गर्नुहुदै हिस्टानका केन्द्रिय अध्यक्ष दिपक सुवेदीले देश संघियतामा गईसकेपछि पछिल्लो समयमा शिक्षा क्षेत्रमा अन्योलता बढेकाले यसको अन्त्य गर्न हिस्टान लाग्ने बताउनुभयो ।

शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि सबै शिक्षकले लाग्नुपर्छ उहाँले भन्नुभयो“ मानिसलाई शिक्षा अति नै आवश्यक हुने भएकाले अहिले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षाको पनि उत्तीकै आवश्यक छ” कार्यक्रममा बोल्दै हिस्टानका केन्द्रीय महासचिब पुस्प न्यौपानेले आफ्नो संगठनले गुणस्तरको शिक्षा नारा लिएर हिडिरहेको बताउदै अहिले पनि नेपालमा सोचेजस्तो शैक्षीक अवस्था राम्रो नभएकाले यसको लागि सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘शिक्षामा गुणस्तरियता, युगानुकुल शिक्षा लोकतन्त्र ,संघियता र पेशागत स्थायित्व हाम्रो प्रतिबद्धता ’ भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको हो । हिस्टान बैतडीका अध्यक्ष पदम सिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी हिस्टानका केन्द्रीय अध्यक्ष दिपकराज सुबेदी रहनुभएको थियो । यस्तै बिशीस्ट अतिथिमा जिल्ला शिक्षा कार्यलय बैतडीका निमीत्त जिल्ला शिक्षाअधिकारी संकरदत्त भट्ट,हिस्टानका केन्द्रीय महासचिब पुष्प न्यौपाने,केन्द्रीय उपाध्यक्ष नरेन्द्र भट्ट लगायतका रहनुभएको थियो ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप