प्रदेश नम्वर ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता

धनगढी, चैत्र १५।

प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरी विच आज भेटवार्ता भएको छ। मुख्यमन्त्रीको कार्यकक्षमा दिउँसो करिव आधा घण्टा उनिहरु बिच भेटवार्ता भएको हो।

सो क्रममा सममामहिक विषयबस्तु बारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा भारतसँग जोडिएको प्रदेश नम्वर ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने, द्धन्द्धकालमा बन्द रहेका छोटी भन्सारलाई खुल्ला गर्ने विषयमा पाि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई दु्रतगतिमा अगाडी बढाउने सन्दर्भमा पनि छलफल भएको छ। प्रदेश नम्वर ७ को समग्र विकासकालागि भारत सरकार तत्पर रहेको भारतिय राजदुत पुरीले मुख्यमन्त्री भट्टलाई बताएका थिए। राजदुत पुरी आजै कञ्चनपुर गएका छन्।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार