रेशम चौधरीले थाले जेलमै अनशन, शपथ लिन पाउनुपर्ने माग

धनगढी २० फागुन

कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद् तथा टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहित २४ जना बन्दीले कारागारमा अनशन सुरु गरेका छन् ।

‘चौधरीसहित टीकापुर काण्डमा पुर्पक्षका लागि थुनामा रहेका २४ जना अनशनमा बसेको जानकारी आएको छ ’ कैलाली प्रहरी प्रवक्ता प्रहरी नायप उपरीक्षक सागर बोहराले भने, ‘साँझ ५ बजेर ४० मिनेटदेखि उनीहरु अनशनमा बसेका हुन्’।

सांसद् चौधरीले संसदमा शपथ लिन पाउनुपर्ने, टीकापुर घटनाका सबै बन्दीलाई रिहाइ गर्नुपर्नेलगायतका माग राखी उनीहरु अनशनमा बसेको खबर आएको प्रहरी प्रबक्ता बोहराले जानकारी दिए ।

लामो समयदेखि फरार रहेका सांसद् चौधरीले गत १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । कारागार प्रशासनले भने यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते