नवजात शिशुको शव भेटियो


बाजुरा, १४ चैत्र।








बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे अवस्थामा उक्त शिशुको शव देखेको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ ।

नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले बताए।
रासस




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Protests for provincial capitals continue in various districts