महिला दिवसकै दिन वोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट


धनगढी, फागनु २४









महिला दिवसकै दिन वोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी रेविका चौधरीलाई (नाम परिवर्तन गरिएको ) स्थानीय गुरुवा रामवहादुर चौधरीले वोक्सीको आरोपमा कुटपिट गरेका हुन ।

आफ्नो पुजाआजाका लागि नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले वताएका छन । ६ घण्टासम्म कुटपिट हुँदा चौधरी वेहोस भएपछि उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । आज साँझ सम्म पनि उनको होस खुलेको छैन ।

गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको छ ।

ईलाका प्रहरी कार्यालय सुख्खडसँगै घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी सहित वडा अध्यक्षहरुले घटनालाई ढाकछोप गर्दै मिलाएको आफन्तको आरोप छ ।

वोक्सीको आरोपामा कुटपिटको घटनालाई प्रहरी जनप्रतिनिधिले लुकाउन खोजेको वताईएको छ ।




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप