कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

काठमाडौँ

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर देउवा र सिंहले दलको नेताका लागि उम्मेदवारी दिएका हुन् ।

देउवा मनोनयन दर्ताअघि केहीबेर दलको कार्यालय पुगे पनि वारेसनामामार्फत उम्मेदवारी दिएका छन्। देउवाको उम्मेदवारी नेता बालकृष्ण खाँडले दर्ता गराएका हुन् ।


सभापति देउवाको प्रस्तावकमा नेता विजयकुमार गच्छदार र मानबहादुर विश्वकर्माले समर्थन गरेका छन्। उनको उम्मेदवारी दर्ता साँझ ६ बजे भएको हो।

यस्तै, कोषाध्यक्ष सीतादेवी यादव प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनसहित नेता प्रकाशमान सिंहले पनि दलको नेतामा उम्मेदवारी दिएका छन्। कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि सोमबार निर्वाचन हुँदैछ। निर्वाचनका लागि चिनकाजी श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरिएको छ।


Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड