फेसबुकमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

चितवन —

सामाजिक सञ्जाल फेसबुकमा महिला र युवतीलाई साथी बनाएर पैंसाका लागि धम्काएको आरोपमा चितवन प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ ।

नवलपुरको कावासोती घर भइ भरतपुर महानगरपालिका–१२ राधाकृष्णचोकमा बस्दै आएका सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार सापकोटाले केही महिनायता महिला र युवतीहरुलाई फेसबुकमा साथी बनाउँदै फोटोहरु संकलन गरेर अश्लिल भिडियो बनाएर फोटो र भिडियो उनीहरुलाई देखाउँदै पैसा माग्दै आएका थिए । उनले भरतपुर–२२ पटिहानीकी एकजना युवतीबाट ५० हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ ।

‘गत माघमा ५० हजार रुपैयाँ लिएपछि फेरि पनि दुईवटा मोबाइल फोन नम्बरबाट ती युवतीलाई पटक पटक फोन गरी तीन लाख रकम माग गरेको खुल्न आएको छ,’ डीएसपी ढकालले भने । पैंसा नदिए अश्लिल फोटो र भिडियो फेसबुकमा राख्ने धम्की दिदैँ आएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

उजुरीपछि छानबिन र खोजी सुरु भएको थियो । सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरेका हो ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप