शहरी स्वास्थ्य केन्द्रलाई एक करोडको जग्गादान

तुलसीपुर, दाङ, चैत ११ गते ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि रु एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गर्नुभएको छ।

शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिनुभएको हो । सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उहाँले जग्गा प्रदान गर्नुभएको हो ।



“बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको थियो त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे”, अभिषेकले भन्नुभयो ।



भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उहाँको अवस्था अझैसम्म अज्ञात रहेको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Protests for provincial capitals continue in various districts