भोलीदखि २० वर्ष पुराना गाडी हटाइने

काठमाडौं, ३० फागुन –

सरकारले भोली चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो ।

यस अघि नै सरकारले १ चैत्र बाट २० बर्ष भन्दा पुराना सवारीसाधन चलाउन नमिल्ने निर्णय गरि सकेको छ।

गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना गाडी हटाइने जनाएको छ ।

पहिलो चरणमा गाडी धनीलाई चेसिज, इन्जिन बुझाएर पुराना गाडी ‘पत्रु’ गर्न अनुरोध गरिसकिएको विभागका निर्देशक तुलसीराम पौडेलले बताए । ‘तर, अहिलेसम्म कसैले बुझाएका छैनन्,’ उनले भने, ‘चैत १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौं ।’

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त