धनगढीमा बजार ठप्प पारेर होलीसंगै देउडा

फाल्गुन १८ गते ।

पश्चिम नेपालका जिल्लाहरुमा पनि होली पर्व धुमधामका साथ मनाईदैछ । होली मनाउनका लागि धनगढी, महेन्द्रनगर, टिकापुर, अत्तरिया लगायतका बजारहरु पुर्ण रुपमा बन्द रहेका छन्। धनगढी बजारमा होली मनाउनेहरुको बाक्लो भिड छ। यहाँ युवायुवतीहरु समुह बनाएर होलीमा रमाईरहका छन्।

धनगढीको पार्कमोड लगायतका स्थानमा होली बिशेष कार्यक्रम भईरहेको छ। स्थानिय व्यान्डहरुको सांगितिक प्रस्तुतीमा होली खेल्नेहरु रमाईरहेका छन्।

यसका साथै होलीसंगै देउडा खेल्नेहरुको जमात पनि ठुलो छ। समुह बनाएर देउडासंगै होली खेल्दै दक्षिणा संकलन गर्ने चलन अनुसार महिला पुरुषहरुको समुह देउडा खेलीरहेको छ। प्रदेश ७ का पहाडी जिल्लाहरुमा हिजो नै होली मनाईएपनि तराईका जिल्लाहरुमा आज धुमधामका साथ होली मनाईदैछ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड