यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित

काठमाडौँ —

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्य र ६७ यात्रु सवार रहेका थिए।

ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो।

विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ।

घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ। विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ।

यी हुन दुर्घटनाग्रस्त विमानमा सवार नेपाली यात्रुहरु

  • १) शिला बजगाई, ६२ वर्ष

  • २) अल्गिना बराल, ५८ वर्ष

  • ३) चारु बराल

  • ४) सोविन्द्र सिंह बोहोरा

  • ५) बसन्त बोहोरा

  • ६) समिरा ब्यान्जनकार

  • ७) प्रविण चित्रकार

  • ८) सजना देवकोटा

  • ९) प्रिन्सी धामी

  • १०) ज्ञानी कुमारी गुरुङ

  • ११) दिनेश हुमागाई

  • १२) श्रेया झा

  • १३) पुर्णिमा लोहनी

  • १४) मिली मर्हजन

  • १५) निगा मर्हजन

  • १६) संजय मर्हजन

  • १७) केशव पाण्डे

  • १८) प्रसन्न पाण्डे

  • १९) विनोद राज पौडेल

  • २०) हरि शंकर पौडेल

  • २१) संजय पौडेल

  • २२) आशिष रंजित

  • २३) कृष्ण कुमार सहनी

  • २४) अस्ना शाक्य

  • २५) सनक शाक्य

  • २६) अंजिला श्रेष्ठ

  • २७) सरुना श्रेष्ठ

  • २८) हरि प्रसाद सुवेदी

  • २९) दयाराम ताम्रकार

  • ३०) वाल कृष्ण थापा

  • ३१) स्वेता थापा

  • ३२) किशोर त्रिपाठी

  • ३३) अगदेश कुमार यादव

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु