प्रदेश ७ को संसद बैठकमा रेशमको प्रसंग उठाएपछि नियमापत्ती


धनगढी फागुन २२ गते।









प्रदेश ७ को संसद बैठकमा लगातार दोस्रो पटक रेशम चौधरीको प्रसंग उठाएपछि प्रदेश सभा सदस्य मालामती रानाको सम्बोधन प्रति नियमापत्ती जनाईएको छ ।

राजपाकी सांसद मालामती रानाले बैठकमा बोल्ने क्रममा रेशमलाई थुनामा राखेर जवर्जस्ती अपराधी सावित गर्न खोजेको प्रसंग झिकेपछि एमालेका सांसद लिलाधर भट्टले नियमापत्ती प्रकट गरेका हुन्।

रानाले यस अघि प्रदेश सभाको पहिलो बैठकमा पनि रेशमलाई प्रमाणपत्र दिन माग गरेकी थिईन। मंगलवारको बैठकमा पनि मालामतीले जनताको अपार समर्थन पाएर चुनाव जितेका रेशम चौधरीलाई ब्राम्हणबादी शाषकहरुले अन्याय गरेको आरोप लगाएकी थिईन।

रानाले यसो भनिरहदा बिचमै उठेर बोलेका बैतडीबाट प्रदेश सभा सदस्य लिलाधर भट्टले अदालातमा बिचाराधिन मुद्धाका बारेमा संसदमा धारणा राख्न नपाउने नेपालको संबिधानको नियम रानाले मिचेको भन्दै नियमापत्ती जनाउनु भएको थियो । भट्टले नियमापत्ती जनाएपनि, मालामतीले आफ्ना कुरा भने रोकीनन्।

उनले रेशमलाई अन्यत्रै स्थानान्तरण गर्ने प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको अभिव्यक्तीको पनि आलोचना गरिन।




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त