आजदेखि एसइइ परीक्षा सुरु, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी

काठमाडौं, ८ चैत्र –

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज (बिहीबार) देखि सुरु हुँदै छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परिक्षाको सबै तयारी पुरा भएको र बिहान ८ बजेदेखि परिक्षा सञ्चालन हुने जनाएको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार देशभरबाट परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्।

रेग्मीले साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुने बताए। यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड