राष्ट्रियसभा उपाध्यक्षमा बाम गठबन्धनकी शशिकला दाहाल निर्वाचित

काठमाडाैं, चैत्र ४।

राष्ट्रियसभा उपाध्यक्षमा बाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन्। संघीय संसद भवन नयाँवानेश्वरमा भएको निर्वाचनमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन्।

उनी एकिकृत नेकपा माओवादीको तर्फबाट २ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्। उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी विन्दादेवी आले रानाले ११ मत मात्रै पाइन्। राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रकृयामा उपस्थित भएका थिए। संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ।

यसअघि दाहालको प्रस्तावक माओवादीका दिनानाथ शर्मा, समर्थक दिलकुमारी रावल थापा लगायतले लोकतन्त्रको शुन्दर पक्ष निर्वाचन भएकोले निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए। तर नेपाली काँग्रेसका उम्मेदवार विन्दादेवि आलेका प्रस्तावक प्रद्री प्रसाद पाण्डे र समर्थक सरीता प्रसाईले सहमति र सहकार्यको आधारमा नेतृत्व चयन गर्ने संस्कार बिर्सिन नहुने धारणा बताएका थिए।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप