प्रदेश ७ को नामाङकनको बिषयले अझै छलफल पाएन

धनगढी ।

बिहिवार बसेको प्रदेश नम्बर ७ को प्रदेश सभाको सातौ बैठकले प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थीत गर्न बिभिन्न ५ ओटा समिति गठनको प्रस्ताव पारित गरेको छ। बिद्यायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समिति गठनको प्रस्ताव पारित भएको हो।

यस्तै प्रदेश नम्बर ७ को लोगो निमार्णका लागि लोगो निर्धारण मस्यौदा समिति पनि गठन भएको छ। प्रदेशको नामाङकनका सवालमा कुनै छलफल नगरेको प्रदेश ७ को प्रदेश सभाको सातौ बैठकमा प्रदेशको लोगो निर्धारण मस्यौदा समिति गठनको प्रस्ताव पारित भएको हो।

प्रदेश ७ संग जोडिएको प्रदेश ६ ले प्रदेशको नामाङकन र राजधानीको बिषय टुंगो लगाईसकेको छ तर प्रदेश ७ को प्रदेश सभा बैठकमा भने यो बिषयले छलफल समेत पाएको छैन। तर अब प्रदेशको नामाङकनको बिषयमा पनि छिट्टै छलफल हुने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

यस्तै आजको प्रदेश सभा बैठकमा बिद्यायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समिति गठन गरिएको छ । आजको प्रदेश सभा बैठकमा चार जना प्रदेश सभा सदस्यहरुले बिशेष समय लिदै सार्वजनिक सरोकारका बिषयमा बोलेका छन।

नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बोलेका भरत खड्काले प्रदेश ७ मा अपराधीक घटना बढीरहेकोले त्यसको रोकथामका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

यस्तै एमालेबाट प्रदेश सभा सदस्य लिलाघर भट्टले संघियताका बिरुद्ध युरोपियन यनियनहरुले प्रदेश ७ मा गतिबिधि बढाएको, ठेकेदार कम्पनीहरुले निमार्णमा चरम लापवार्ही गरेको र छाडा चौपायाले निम्त्याएको समस्याका बारेमा ध्यानाकर्षण गराए।

प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य शान्ति नेपाली र अमरबहादुर साउँदले पनि बोलेका थिए। प्रदेश सभाको अर्काे बैठक चैत्र १५ गते दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप