धनगढी प्रिमियर लिगको पुर्वसन्ध्याः ६ वटै टिमका कप्तान द्वारा ट्रोफी सार्बजनिक

धनगढी, १६ चैत्र,

भोलीदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ । डिपिएलको दोस्रो संस्करणको पुर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरिएको हो । खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज एक कार्यक्रम गर्दै आयोजकले ट्रफी सार्वजनिक गरेको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभागी ६ वटै टीमका कप्तानहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर युनाईटेडका कप्तान विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ती गौचन सिवाईसी अत्तरीयाका कप्तान सुवाश खकुरेल, काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सका कप्तान पारस खड्का सहित धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले खेल मैदान ट्रफी सार्वजनिक गरेका हुन ।

ट्रफी सार्वजनिक कार्यक्रममा वोल्दै ६ वटै टीमका कप्तानहरुले धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकासमा योगदान गर्ने वताएका छन । उनीहरुले नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिताले नेपाली राष्ट्रिय क्रिकेट टोली बलियो बनाउन सहयोग गर्ने विश्वास समेत लिएका छन ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार