बैतडीमा भालुको आक्रमणबाट महिला गम्भीर

बैतडी,२२ फागुन-
भालुले आक्रमण गर्दा बैतडीमा आज एक महिला गम्भीर घाईते भएकी छन् । गम्भीर घाईते हुनेमा दशरथचन्द नगरपालिका ४ की ४५ बर्षीया झुपा पाण्डेय रहेकी नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिनुभयो ।

बाख्रा चराउन गएका बेला झुपालाई दशरथचन्द नगरपालिका ४ र ९ को सीमाना पर्ने कोटकला जंगलमा भालुले आक्रमण गरेको हो । घाइते महिलाको घाँटी, हातखुट्टामा गम्भीर चोट लागेको छ । घाइते पाण्डेयलाई अस्पताल लैजाने तयारी भएको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप