धनगढी प्रिमियर लिगको टिकट इ-सेवाबाट


धनगढी, १४ चैत्र।








देशकै सर्वाधिक धनराशी पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) खेलका टिकट इसेवा बाट काट्न सकिने भएको छ । धनगढीमा चैत १७ देखि शुरु हुन लागेको (डीपीएल) को सम्पूर्ण खेलका टिकट इसेवाबाट काट्न सकिने भएको हो ।

इसेवाबाट टिकट काट्दा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । धनगढी प्रिमियर लिगका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअपमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ ।

dpl.esewa.com.np मा लग अन गरि टिकट खरिद गर्न सकिनेछ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।

दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आपूmलाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन इसेवा जोन, इसेवा पोइन्ट मा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका म्यानेजर दिव्येस झा ले बताए।




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Protests for provincial capitals continue in various districts