भारतमा एक नेपालीको बसवाट खसेर मृत्यु

बैतडी,७ चैत-

बैतडी घर भएका एक नेपालीको आज भारतको हरियाणामा बसवाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ४ बरायलका २६ बर्षिय खडक सिंह महरा रहेका छन् । हरियाणाको कुरुक्षेत्रमा काम गर्दै आएका महराको आज बिहान ८ बजे ड्युटी गईरहेका बेला एक्कासी बसवाट खसेर मृत्यु भएको पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासका सह कोषाध्यक्ष वीर बहादुर विष्टले जानकारी दिनुभयो ।

मृतक विष्टको शव परिक्षणका लागी स्थानिय अस्पतालमा राखिएको छ । शवलाई परिक्षण पश्चात बिहीवार आफन्तको जिम्मा लगाईने भएको छ । केही दिन अगाडी मात्रै रोजगारीको शिलशिलामा भारत पुगेका महराको घरमा श्रीमती ,१ छोरा र १ छोरी रहेका छन् ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते