पदमुक्त प्रधानन्यायाधीश पराजुलीद्वारा राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौँ, चैत्र १,

पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार बिहान राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् ।
पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी पत्र बुझाएको थियो। यद्यपी उनी आफैले भने पदमुक्त नभएको जीकिर गर्दै आएका थिए।

'उहाँले राष्ट्रपति समक्ष राजीनामा बुझाउनु भयो' राष्ट्रपति कार्यालयका प्रबक्ता हरिप्रसाद दवाडीले कान्तिपुरसंग भने। राजीनामा सिधै राष्ट्रपतिलाई बुझाएको हुँदा त्यसमा के कारण उल्लेख छ भन्ने कुरा आफुलाई थाहा नभएको पनि दवाडीले बताए।

यसैबीच राष्ट्रपति भवनले पराजुलीले राजीनामा दिएको सम्बन्धमा बिहीबार दिउँसो बिज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति यस्तो छ:

प्रधानन्यायाधीशको राजीनामा

१ चैत्र २०७४

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको छ ।

(हरिप्रसाद दवाडी)

प्रवक्ता

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते