नेपालद्वारा हङकङ ५ विकेटले पराजित, पपुवा न्यु गिनी संग प्लेअफ खेल्ने

काठमाडौँ — हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभर खेल्दै प्राप्त गरेको थियो । नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर‍्‍याएका थिए ।

रोहित ४८ रनमा नटआउट रहँदा सोमपालले ३७ रन जोडे। दुवै ब्याट्सम्यानले ५-५ चौका प्रहार गरे। त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले २६ रनको योगदान दिए।



ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले १२-१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे। नेपालले अब प्लेअफमा अर्को समूहको पुछारमा रहेको पपुवा न्यु गिनीको सामना गर्नेछ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड