राष्ट्रपति निर्वाचनको लागी निर्वाचन आचारसंहिता लागू

काठमाडौँ फागुन २४ गते ।

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचन अवधिभर लागू हुने गरी निर्वाचन आचारसंहिता, २०७२ जारी गरेको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो ।

निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारीलाई लागू हुने छ ।

यसैगरी सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई पनि लागू हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार आचारसंहिता निर्वाचनमा संलग्न कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ सङ्गठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी एवं निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीलाई पनि लाग्ने छ । आचारसंहिता लागू भएपछि सरुवा, बढुवा, शिलान्यास लगायतका नयाँ कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड