करोडौँको चिनी तस्करीमा नियमनकारी निकायको एउटै जवाफ : खुल्ला सीमाना

धनगढी

सेटिङमा हुने चिनी तस्करी खुल्ला सीमा नाकाका कारण रोक्न नसकेको भन्दै नियमनकारी निकाय पन्छिन थालेका छन् । कैलाली र कञ्चनपुरका सीमा नाकाबाट वार्षिक करोडौँ मुल्यको चिनी तस्करी भईरहदा समेत मौन रहेका नियमनकारी निकायहरु वहाना वनाएर पन्छिरहेका छन।

सीमामा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको कैलाली भन्सार कार्यालय, सशस्त्र सीमा सुरक्षा वल र नेपाल प्रहरीले खुला सीमा नाकाको वहाना वनाउँदै आफुहरुलाई चोख्खाईरहेका छन । कैलाली र कञ्चनपुरका सीमा नाकाबाट वार्षिक २ लाख माग रहेकोमा १ सय ६५ क्वीन्टल अर्थात ८२ प्रतिशत चिनी तस्करी भएर आइरहेका बेला नियमनकारी निकाय खुल्ला सीमा नाकालाई कारण देखाउदै पन्छिन थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले तस्करी नियन्त्रण गर्न कडाई गर्दागर्दै पनि खुल्ला सीमानाका कारण सोचेअनुसार काम हुन नसकेको बताए । खुला नाकाका कारण एक ठाँउमा गस्ती हुँदा अर्को ठाँउबाट समान पैठारी हुन्छ, बुढामगरले भने, ‘चुनौति नै छ, तैपनि हामी लागिपरेका छौँ।’

सुरक्षा अधिकारी, भन्सार कर्मचारी र तस्करहरुको सेटिङ्मा चिनी तस्करी वढिरहेको छ। अझ सीमामा तैनाथ भएर तस्करीलाई सहयोग गर्दै लाखौँ कमाउने गरेको आरोप लाग्दै आएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय यस वारेमा वोल्न पनि चाहन्न ।

सीमामा घुमुवा पठाएर सवैभन्दा वढी कमाईको आधार वनाएको शसस्त्र प्रहरीले आफुमाथि लागेको आरोपमा मौन वस्नुले यसमा मिलोमतो छ भन्ने पुष्टि हुन्छ। छोटी भन्सार कार्यालय नहुँदा र कर्मचारी अभावले चिनी तस्करी रोक्न नसकेको भन्सार कार्यालयको दावी रहेको छ। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले नियमित रुपमा आएर भन्सार तिरेको देखिदैन्, समातेर महसुल तिराएको बताए।

आर्थिक मामिला मन्त्री यसो भन्छन्


भारतबाट आयात हुने समाग्रीबाट प्राप्त हुने भन्सार शुल्क र मुल्य अभिबृद्धि करको १५ प्रतिशत स्थानीय सरकार र १५ प्रतिशत प्रदेश सरकारलाई दिनुपर्ने प्रावधान छ । आफुलाई प्राप्त हुने त्यही राजस्व तस्करहरुको शिकार बनिरहदा समेत प्रदेश सरकार भने मौन रहेको छ । तर आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा भने तस्करी नियन्त्रणका लागि कडाई गर्ने दाबि गर्छन् । बोहोराले भने, ‘चिनीको तस्करीको कुरा मात्र होइन, यो मुलुकमा आयात हुने जुनसुकै वस्तु र सेवा हुन्छ, तीनको चुहावट रोक्न संयन्त्र बनाउछौँ ।’ अगामी आर्थिक वर्षदेखि सीमामा भन्सारले गस्ती बढाउनेकी ?, सशस्त्रले गस्ती बढाउनेकी ?, खुला सीमा व्यवस्थीत गर्ने की भन्ने विषयमा गम्भीर भएर लाग्ने उनले बताए ।

यी हुन् चिनी तस्करी हुने नाका


अहिले कैलालीको खक्रौला, रामपुर, हसुलिया बंगा्र, घुईयाघाट र कञ्चनपुरको त्रिभुनवस्ती बसही नाका, विचवा, श्रीङका, दोधारा चादनी, ब्रह्मदेव लगायतका नाकाबाट दैनिक हजारौँ क्वीन्टल चिनी तस्करी भइरहेको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप