आइपिएल खेल्न जानुअघि सन्दिपले भने– त्यहाँ सिकेका कुरा नेपाली क्रिकेटमा लागु गर्नेछु

काठमाडौं –

युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफूले राम्रो गर्न सके नेपालका अन्य खेलाडीलाई पनि अवसर मिल्न सक्ने बताएका छन्।

चैत २४ गतेबाट हुने आइपिएल खेल्न भारत जानुअघि सोमबार सन्दीप लामिछानेले आइपिएलका लागि क्षमता भएका अन्य खेलाडी पनि भएको भन्दै आफूले राम्रो गर्न सके उनीहरुका लागि पनि ढोका खुल्ने बताए। ‘यो सुन्दर अवसर हो। आइपिएलमा धेरै कुरा सिक्न सकिन्छ र त्यहाँ सिकेका कुरालाई म नेपाली क्रिकेटमा लागु गर्नेछु,’ आइपिएलको क्लब दिल्ली डियरडेभिल्ससँग अनुबन्धन भएका सन्दीपले भने, ‘मैले त्यहा राम्रो गर्न सके भने नेपालका अन्य खेलाडीका लागि पनि अवसरको ढोका खुल्न सक्छ। मभन्दा सिनियर दाईहरु योग्य हुनुहुन्छ।’

सन्दीप नेपालबाट इन्डियन प्रिमियर लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन्। तथापी यसअघि शक्ति गौचनले राजस्थान रोयल्समा अभ्यास गर्ने मौका पाएका थिए। सन्दीपले नयाँ यात्रा भएकाले यो प्रतियोगितामा आफुलाई सबै कुरा नौलो हुने बताए। यद्यपी उनले राष्ट्रिय टोलीबाट खेल्न पाउनु नै सबैभन्दा खुशीको क्षण भएको बताए। ‘नेपालको राष्ट्रिय टोलीमा नभएको भए आज म यहाँसम्म नहुन पनि सक्थें। राष्ट्रिय टोलीबाट खेलिरहेको छु त्यसमा गर्व लाग्छ,’ सन्दीपले थपे, ‘राष्ट्रिय टोलीबाट खेल्दा जस्तो खुशी अरुमा हुँदैन।’

चितवन क्रिकेट एकेडेमीबाट सिधै राष्ट्रिय टोलीको क्याम्पमा परेका सन्दीपलाई भाग्य र कडा मिहिनेतका कारण सफलता मिलेको हो। दिल्ली डेयरडेभिल्समा ११ जनाको टोलीमा पर्ने सम्भावनाबारे सन्दीपले भने, ‘त्यो अभ्यास सत्रमा मैले गर्ने मिहिनेतमा भर पर्ने हो। खेल अगाडीको कन्डिसन, टोलीको योजना, कप्तान तथा प्रशिक्षको निर्णयमा पनि भर पर्छ।’

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार