​मौसमविद् भन्छन् : चट्याङ पर्दैछ ख्याल गर्नुस्

काठमाडौं, चैत १६ –

पश्चिमी वायु सक्रिय भएकाले शुक्रबार पनि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

राति काठमाण्डौंसहित धेरै ठाउँमा पानी पारेको पश्चिमी वायु पूर्वतिर सरिरहेकाले अहिले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अरु ठाउँको मौसम सामान्यतया बदली भएको छ । उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको बिहारमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले शुक्रबार केही ठाउँमा पानी पर्नेछ ।

विशेषगरी पहाडी भूभागमा पानी पर्ने उहाँको अनुमान छ ।

यस्तै स्थानीय वायुको प्रभावले दिउँसोपछि चट्याङ र हावाहुरी पनि आउने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभयो ।

काठमाण्डूमा राति १ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार