चीतवनमा १० बर्षकी बालिका बलात्कृत

चितवन, १५ चैत्र –

एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्।

चैत ११ गते दिउँसो घरमा एक्लै सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छन् ।

छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो।

अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो। घटनाको भोलिपल्टउनी सिकिस्त भएकी थिइन्।

सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन्।

बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए।

अभिभावकले चैत १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्। खैरहनीको घटना भएकाले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी पठाइएको चितवन प्रहरीका प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए।

घटनामा संलग्न भएको भनिएका बालकहरू ९ वर्ष पाँच महिना र नौ वर्ष ७ महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज कैलाश विष्टले बताए। बालिकाको स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार