सुदुर पश्चिमेलि नेपाली समाज भारतद्वारा दिल्ली मा बन्धक बनाइएकी महिला को उद्दार

नागेन्द्र प्रशाद जोशी, नयाँ दिल्ली, १२ चैत्र

उदयपुर जिल्ला तराघडी कटारी घर भएकी बर्ष २८ की सपना अधिकारी (परिबर्तन नाम)को अाज उद्धार गरिएको हो। आज भन्दा ८ बर्ष पहिला राजु नामको मानिसले नोकरी लगाइदिन्छु भनेर उनलाई दिल्ली लिएर आएको र त्यहाँ एक घरमा २५००० भारती रुपैयाँमा बेचेको खुल्न अाएको हो ।

त्यसको केही समयपछि पनि त्यो घरदेखि उनलाई ३०००० भारतीय रुपैयाँ लिएर गएको र त्यसपछि घर मालिकले न पैसा दिएको र न घरसम्म पुर्याउने कोसिस भएको र पछि बारबार उनले मलाई घरसम्म पुर्याउनु भन्दा पनि न पैसा दिने न घर जान दिने, न घरमा कोही सम्पर्क दिने भएपछि सब्जी लिन जाँदा नेपालीलाई भेटेर मलाई घर सम्म पुर्याइदिनुपर्यो भनी अनुनय विनय गरेपछि बिगत एक बर्ष देखि कृयाशिल गैरराजनीतिक गैरनाफामुलक सामाजिक सस्था सुदुर पश्चिमेलि सामाज भारत का साथीहरू सम्म कुरा पुगे पछि सुदुर पश्चिम नेपाली समाज ले बिगत एकदशक देखि मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा विगत एक दशकदेखि क्रियाशील सामाजिक संस्था के. अाई. नेपाल को सहयोग मा के. आई. नेपालका दिल्ली प्रतिनिधि नवीन जोशी, सुदुर पश्चिमेलि नेपाली समाज भारत दिल्ली राज्य समिती का सल्लाहकार ललित साउद के.बि .साउद राजेन्द्र बिष्ट , दिल्ली महिला आयोग र दिल्ली पुलिस एबं पत्रकार र समाजसेवीको सहयोगले बाहिर निकाल्न सफल भएको छ ।

उद्धार गरिएकी ती महिलाको बारेमा कानुनी प्रक्रिया पूरा गरी नेपालसम्म पुर्याउने र क्षतिपूर्ति दिलाउने कामलाई तिब्रता दिने जानकारी बताउँदै भोलि नै दिल्लीस्थित नेपाली दुताबासको रोहबरमा नेपाल ल्याउने प्रक्रिया अगाडि बढाउने के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

कुनैपनि पनि मुलुक र विश्वका कुनैपनि ठाउँमा मानव बेचबिखनमा वा अन्य हिंसात्मक घटनाका कारण आपतबिपतमा परेका महिला, बालबालिका र किशोरीहरूलाई आवश्यक सहयोगको लागि अाफ्नो संस्था तयार रहेको उहाँले बताउनुभयो ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार