झापा - सार्की खोलाको कल्भर्टमा शव फेला

झापा, ४ चैत।

झापाको अर्जुनधारा–११ स्थित त्रिवेणी टोल निवासी ३२ वर्षीय ललित चौधरी सार्की खोलाको कल्भर्टमा मृत फेला परेका छन्।

उनी गएराति सो कल्भर्टमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । राति ८ बजेतिर स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनको शव कल्भर्टबाट राति नै निकाले र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाएको प्रहरीले जनाएको छ। रासस

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते