कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै

गाईघाट, उदयपुर, चैत १७ गते ।

जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् ।

केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर अहिले दैनिक रु एक हजार कमाइ गर्न थालेको कारागार शाखा उदयपुरले जनाएको छ ।

जिल्ला कारागारमा ढाकाको टोपी बन्नका लागि प्रशिक्षकका रुपमा मोरङ कारागारबाट दुई जना कैदी मुस्ताङ राई र कुवेर तिम्सिनालाई सरुवा गरेर ल्याएपछि कारागारको १४ जना कैदीले अहिले ढाकाटोपी बुन्ने सीप सिकेर टोपी बुन्ने र बिक्री कार्य शुरु गरेको कारागार शाखा उदयपुरका प्रमुख मुकुन्द ढकाल बताउनुभयो ।

जानेर वा नजानेर गरेका गल्तीको प्रायश्चित गर्न र कानूनले तोकेबमोजिम सुधार हुन र गर्नका लागि कारागारमा केही कैदीबन्दीले बन्दी जीवन बिताउँदै आएको कारागार प्रमुख ढकाल बताउनुहुन्छ । भोलि जेलबाट मुक्त भएपछि पनि कारागारमा सिकेको सीप सिकेर शान्तिपूर्ण जीवनयापन गर्न सकुन् भनेर यो टोपी बुन्ने प्रशिक्षक ल्याएर व्यापक टोपी बुन्ने व्यवसाय शुरु गरिएको कारागार प्रमुख ढकालले बताउनुभयो ।

कारागारका ढाकाटोपी बन्न प्रशिक्षण दिने एक कैदी प्रशिक्षक कुवेर तिम्मिसना भन्नुहुन्छ, “अहिले १४ जनाले टोपी बन्ने कार्यमा सहभागी भएका छन्, एक जनाले एक दिनमा एउटा टोपी सजिलै बुन्न सक्छ ।” एउटा टोपीको कमाइ दिनको रु ७०० देखि एक हजारसम्म हुने गरेको पनि तिम्सिना बताउनुहुन्छ ।

अर्का प्रशिक्षक मुस्ताङ राईका अनुसार राम्रो डबल बुट्टे टोपी पनि बुन्ने गरेको र यस्तो टोपी बुन्न दुईदेखि तीन दिनसम्म समय लाग्ने र यस्तो टोपीको मूल्य तीन हजारसम्ममा बिक्री गर्नेसमेत राईले बताएका छन् । (रासस)

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड