बाजुरामा सेनाद्धारा बम डिस्पोज


बाजुरा, फागुन २६









बाजुराको बडिमालिका नगरपालिका ९ को गैरीबजार नजिकै खेतमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

स्थानीयले खेत जोत्ने क्रममा शुक्रबार बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शुक्रबार साँझ ५ बजे समरजीत गुल्मबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

उक्त स्थानमा पहिले नेपाली सेनाको ब्यारेक रहेकाले तत्कालीन समयमा राखिएको बम हुन सक्ने प्रहरीको अनुमान छ ।




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते