राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

काठमाडौँ, फागुन ३० गते ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले को बाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ । राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप