सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

काठमाडौँ, फागुन १७ गते ।

सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दाेष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् ।

बालअधिकार कार्यरत संस्थाहरुको सञ्जाल नेपाल, बालबालिका शान्ति तथा बाल संरक्षण राष्ट्रिय अभियान, प्रगतिशील लेखक संघलगायतले आज विज्ञप्ति जारी गरी सो घटनाको निन्दा गरेका हुन् ।

घटनामा करिब ५०० भन्दा बढी नागरिक (करिब १५० बालबालिकाहरु) को मृत्यु भएको थियो ।



घटनाले संयुक्त राष्ट्र संघले जारी गरेको अन्तर्राष्ट्रिय कानूनहरुमध्ये मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र तथा बालअधिकार महासन्धिले हरेक नागरिक तथा बालबालिकाको भयरहित बाँच्न पाउने अधिकारलाई हनन गरेको पाइएको हुँदा राष्ट्रसंघले यस घटनालाई गम्भीरताका साथ लिई यथाशीघ्र आवश्यक पहल गरिदिन साथै द्वन्द्वको अन्त्य गरी स्थायी शान्तिका लागि पहल गर्न माग गरिएको छ ।

श्रोत - रासस

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त