‘बोक्सीकाण्ड’ पछी चर्चामा आएका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार

कैलाली, फागुन २८ ।

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोलीप्रहार भएको छ। सोमबार राती ८ बजेतिर चौधरीमाथि खुकुरी र गोलीप्रहार भएको बताइएको छ।

आफ्नै निवासमा रहेको अवस्थामा चौधरीमाथि राती ८ बजेर १० मिनेटको समयमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। चौधरीको छातीमा गोली लागेेको बताइएको छ। मेयर चौधरीको सुक्खडमा रहेको अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।

प्रमुख चौधरीमाथि महिला दिवसको दिन राधा चौधरीलाई बोक्सीको आरोपमा ७ घण्टा कुटपिट गर्ने धामी झाँक्रीलाई छुटाएको आरोप लागेको थियो। उनीमाथि नेकपा एमाले कैलाली जिल्लाले अनुसन्धान गर्न समिति गठन गरेको थियो।

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ ।

चौधरीमाथि गोली प्रहार पनि गरिएको नेपालले बताए। उनले भने, 'चौधरीको शरीरमा गोलीको छर्रा लागेको छ।' नेपालका अनुसार चौधरीलाई घोडाघोडीको अस्पतालमा उपचार गरिएको छ। थप उपचारको लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ। थप विवरण आउन बाँकी रहेको एआइजी नेपालले बताए।

गत बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरेको आरोपमा पक्राउ परेका रामबहादुर चौधरीलाई मताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा छुटाइएको थियो।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप