डिपिएलको खेल तालिका सार्वजनिक

धनगढी

आउँदो चैत १७ गतेदेखि आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। बुधावार आयोजक धनगढी क्रिकेट एकेडेमिले खेल तालिक सार्वजनिक गरेको हो।

तालिका अनुसार पहिलो खेल घरेलु टोली धनगढी र काठमाडौ गोल्डेन्स विच हुने छ। खेल १७ गते दिउँसो १ बजेदेखि संघिय प्रहरी कार्यालयको खेल मैदानमा हुने छ। प्रतियोगिता अन्तरगत १९ वटा खेल हुनेछन् भने लिग चरणमा प्रत्येक टिमले प्रत्येक टिमसंग खेल्नै पर्ने गरी तालिका बनाइएको छ।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र धनगढी गरी ६ टोलीले सहभागिता जनाउनेछन्। यस्तै प्रतियोगिताको मिति नजिकिदै गर्दा डिपीएलको तयारी पनि तिव्र पारिएको छ।

खेल मैदानमा पिचको काम करिब सकिएको क्यरेटर अजय पाण्डेयले बताए। अहिले खेल मैदानमा अस्थायी प्याराफिट, बार हाल्ने, घाँस काट्ने काम भईरहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।



विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले पनि प्रतियोगिताका लागि विशेष तयारी थालिसकेका छन्।

आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका छन्। प्रतियोगिताको विजेतालाई २५ लाख तथा उप–विजेतालाई १० लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । तृतीय हुनेलाई ३ लाख र चौथोलाई २ लाख प्रदान गरिने छ भने प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप