नेदरल्यान्ड द्वारा नेपाल ४५ रनले पराजित - १९० रनको पिछा गर्दै १४० रनमा अल-आउट

काठमाडौँ —

विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४४.४ ओभरमा १ सय ४४ रन जोड्दै अल आउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २५ तथा पारस खड्काले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल (४), अनिल साह (८), आरिफ शेख (५) र रोहित पौडेल (०) ले निराशाजनक प्रदर्शन गरे । नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले ४ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट लिए ।

नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए । रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो ।

विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई जितको लागि १ सय ९० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोड्यो। नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यसबाहेक सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट हात पारे। नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए।

रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो। अन्त्यतिर पिटर सिलार र सेन स्नेटर २३-२३ रन जोड्दै टोलीको योगफल उकासे।

नेपालले बिहीबार अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई प्ले–अफमा ६ विकेटले पराजित गरेको थियो। त्यँही दिन नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले वानडे अन्तर्राष्ट्रिय मान्यता पाउने निश्चित भएको थियो।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड