कोरिया जानका लागि पहिलो दिन १६ हजारको आवेदन

काठमाडौं –

सन् २०१९ मा कोरिया जानका लागि खोलिएको दरखास्तमा पहिलो दिन बिहीबार १६ हजार आठ सय दुईजनाको आवेदन परेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले देश, विदेश जतासुकैबाट अनलाइनमार्फत आवेदन बुझाउन सकिने व्यवस्था गरे पनि बैंकमा भने ठूलो भीड लाग्ने गरेको छ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले आवेदनका लागि ग्लोबल आइएमई बैंकका एक सय १८ शाखामा नगद जम्मा गर्न सकिने भए पनि धेरैजना एउटै शाखामा पुग्दा भीड लागेको बताए।

शाखाले दरखास्त फारमसँगै प्रतिव्यक्ति २४ अमेरिकी डलर वा त्यसबापतको नेपाली मुद्रा बुझाएपछि अनलाइनबाट आवेदन गर्न सकिने व्यवस्था मिलाएको छ। शाखाले फारम भर्ने अन्तिम मिति चैत १७ गतेसम्म तोकेको छ। फारम भरेकाले जेठ २७ र २८ गते कोरियन भाषाको परीक्षा दिनेछन्। हालसम्म करिब ५१ हजार युवायुवती रोजगारीका लागि कोरिया पुगेका छन्।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप