मलामी गएका बालक महाकालीमा डुबेर बेपत्ता

बैतडी,२४ फागुन-
मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा आज डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका ६ बसेडीका १२ बर्षिय उत्तम सिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका १ खाणघाँटमा पौडी खेल्ने बेला आज दिउँसो साढे १ बजे महाकालीमा बेपत्ता भएका हुन् ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीवाट खटीएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेका छन्।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते