बसको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगर।

महेन्द्रनगरमा बसको ठक्करबाट एक जनको मृत्यु भएको छ ।

भारतको दिल्लीदेखी काठमाण्डौ गईरहेको मञ्जुश्री यातायातको बा ४ ख २३८९ नं बसको ठक्करबाट दार्चुला महाकाली नगपालिका वडा–३ घर भई हाल भिमदत्त नगरपालिका–५ बनखेत बस्ने बिरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए ।

उनका अनुसार मृतकको शब महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार