पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार हुदैछः एमाले उपाध्यक्ष रावल


धनगढी।








नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने बताएका छन्।

पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार भएको बताउँदै उनले छिट्टै एकीकरणको प्रक्रिया टुंगिने बताए।

शनिबार गेटा विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकतामा कुनै अवरोध नभएको बताए।

संविधानमा देखिएको मत भेद अन्त्यको लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले सहकार्य गर्न खोजेको पनि उनले स्पष्ट पारे।

अझैपनि संविधानमा देखिएको केहि मतभेद अन्त्यको लागि सहकार्य गर्न खोजेको तर त्यसको अर्थ सरकारमा बहुमत र्पुयाउन लाई नभएको बताए।




Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार