बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेकाहरुले सम्मानमा बजाए ताली

कैलाली, चैत्र ४।

बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन् ।

‘बोक्सी भनेर राधालाई ६ घन्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्’, नवगठित शोषणरहित महिला संजाल देउकलियाकी सचिब रेनुका बोहोराले भनिन्‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’

बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको बताइन । अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरु सजग भएका छन् ।

पीडित राधालाई गाउँमा सम्मान


बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका–५ देउकलियामा सयौं गाउँलेका अगाडी सम्मान गरिएको छ।

स्थानीय राष्ट्रिय माबिमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी यही विद्यालयमा अध्ययनरत छिन् ।

बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएरु समर्थन जनाएका थिए ।

राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् । सम्मान भए पनि उनी हतास मुद्रामा देखिएकी थिइन ।

उनले गाउँमा सहज वातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । बैशाखमा आइरहेको परीक्षा विग्रने उनको चिन्ता छ । (नागरिक दैनिक)

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड