शिक्षक स्टाफले क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाए

बैतडी,१७ चैत-
१८ महिनादेखि तलबभत्ता नपाएको भन्दै बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले क्याम्पसको चाबी शुक्रवार सञ्चालक समितिलाई बुझाएका छन् ।

क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले गएको १८ महिनादेखि तलबभत्ता नपाएको भन्दै चाबी सञ्चालक समितिलाई बुझाएका हुन् ।

लामो समयदेखि अध्यापन गरिरहेका शिक्षक र काम गरिरहेका कर्मचारीहरुले तलब नपाएकाले अब उप्रान्त काम नगर्ने भन्दै चाबी सञ्चालक समितिलाई बुझाएको क्याम्पस प्रमुख भवानीसिंह नायकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “भोको पेटले काम गर्न नसक्ने सबै स्टाफहरुले बताएपछि आफूले सञ्चालक समितिको बैठकमै चाबी बुझाएको हो”
, यता सञ्चालक समितिले भने विविध कारणले समयमा तलबभत्ता दिन नसकेको जनाएको छ ।

विद्यार्थीको संख्या घट्दै जानु र क्याम्पसको खर्च बढ्दै गर्नाले समयमै तलब दिन नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ आफूहरुले शिक्षक र कर्मचारीको तलब खुवाउनका लागि प्रयास गरिरहेका छौ”

२०६५ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा,विज्ञान र व्यवस्थापन संकायमा स्नातक तह सम्म पढाई हुने गर्दछ ।

क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले काम गर्न छोडेपछि क्याम्पसमा अध्ययनरत १५० विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । क्याम्पसका देखिएको समस्या समाधानका लागि सञ्चालक समितिले पहल गर्नुपर्ने मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो “नगरपालिकाले क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख विनियोजन गरिसकेको र त्यसैबाट अन्य कुराहरुको व्यवस्थापन गर्ने सहमति भएको छ”

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप